Section 56
बीमकको व्यवस्थापन
(१) बीमकले बीमा व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक कर्मचारी नियुक्त गर्नु पर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति कर्मचारीमा नियुक्त हुन सक्ने छैन।

(३) बीमकले बीमा व्यवसाय सञ्चालन गर्दा बीमितको हितमा प्रतिकूल असर नपर्ने गरी: व्यवस्थापन कार्यमा खर्च गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिमको व्यवस्थापन खर्चको सीमा तथा अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।